चट्याङ लागेर दाङमा एक २३ वर्षीया युवतीको मृत्यु

देवेन्द्र बस्नेत
दाङ  – चट्याङ लागेर दाङमा एक युवतीको मृत्यु भएको छ। गएराति परेको चट्याङमा परी पश्चिम दाङको हेकुली १ ‘बैबाङ’ निवासी २३ वर्षीया सुनिता चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
 
राति करिव १ बजेतिर चट्याङ लागेकी सुनिताको घटनास्थलमै मृत्यु भएको हो। राति परेको पानीले दाउरा भिज्ने डरले दाउरा ओभानो ठाउँमा राख्न घर बाहिर निस्किएकी सुनितालाई चट्याङ लागेको हो। चटयाङबाट एउटा भेडो समेत मरेको प्रहरीले जनाएको छ।
रासस