लन्डन । बेलायतकी पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। यसका लागि बेलायतभर सुरक्षा ब्यबस्था कडा बनाइएको छ । चार हजार बढी सुरक्षा अधिकारी खटाइएको छ । थ्याचरको शवलाई वेष्टमिनिनिस्टरबाट लगी सेन्ट पल्स क्याथेड्रलमा अपरान्ह पौने ५ बजे पुर्याइने जनाइएको छ ।
थ्याचरको अन्त्येष्टिमा एक सय ७० राष्ट्रका झण्डै दुई हजार तीन सयले सहभागीता जनाउने बताइएको छ ।
बेलायतकी पहिलो महिला प्रधानमन्त्री थ्याचरको गत साता ८७ बर्षको उमेरमा हृदयघात भई निधन भएको थियो । आइरन लेडीका नामले परिचित थ्याचर सन् १९७९ देखि सन् १९९० सम्म तीन पटक आम चुनावमा बिजयी भई बेलायतको प्रधानमन्त्री बन्नुभएको थियो ।
AGENCIES