काठमाडौं । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अहिले पनि मधेशीलाई अधिकार नदिने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
संघीयता विरोधी शक्तिहरुको चलखेल वढेको भन्दै उनले मधेशीलाई अधिकार नदिने षड्यन्त्रविरुद्ध एकजुट हुन मधेशी समूदायलाई आग्रह समेत गरे ।
आज तमलोपाको केन्द्रीय कार्यालय बिजुलीबजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ठाकुरले मधेशीको पहिचान र अधिकारका लागि मधेशीहरु नै अघि बढ्नुपर्नेमा पनि जोड दिए ।
कार्यक्रममा मधेशी जनअधिकार फोरम नेपाल त्यागेर ३० जना तमलोपामा प्रवेश गरेका थिए ।
RSS