नेपाल सरकारले श्रमका लागि बिदेशीएका खाडी क्षेत्रका नेपाली र बिदेशमा अध्ययन गर्ने नेपाली बिद्यार्थीलाई गैरआवासीय नेपाल _एनआरएन)को मान्यता दिन नसक्ने बताएको छ ।
नेपाल सरकारले हालै गैरआवासीय नेपाली संघलाई एक पत्र पठाई दुई बर्षभन्दा कम समय बिदेश बस्ने र अध्ययन गर्ने बिद्यार्थीलाई गैरआवासीय नेपाली मान्न नसकिने स्पष्ट पारेको छ । एनआरएनको बिधानमा ६ महिना बढि बिदेश बस्ने नेपालीलाई गैरआवासीय नेपाली मान्ने ब्यबस्था रहेको छ ।
सरकारले सो ब्यबस्था गैरआवासीय नेपालीसम्बन्धी ऐन र नियमावलीको बिपरित भएको भन्दै नेपालमा एनआरएन संस्था दर्ता गर्न अस्वीकार गरेको छ । सरकारी ऐनमा दुई बर्षभन्दा बढि बिदेशी मुलुकमा बस्ने नेपालीलाई मात्र गैरआवासीय नेपाली मान्ने ब्यबस्था छ । यस्तै सरकारले नेपाली कुटनीतिज्ञ र बिदेशमा अध्ययनरत नेपाली बिद्यार्थीलाई पनि एनआरएन मान्न नसकिने बताएको छ ।
पत्र पाएको पुष्टी गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामेश्वर साहले भन्नुभयो