कांग्रेसमा असन्तुष्ट आदिवासी जनजाति नेताहरुद्धारा जातीय संघीयतामा जान दबाब

बालकृष्ण अधिकारी, नागरिक

 

काठमाडौं – कांग्रेसमा जातीय संघीयतामा जान दबाब बढेको छ। पार्टीका असन्तुष्ट आदिवासी जनजाति नेताहरुले बुधबार कांग्रेस सभापति सुशील कोइरालालाई भेटेर जातीय पहिचानसहितको संघीयतालाई पार्टी धारणा बनाउन दबाब दिएका हुन्।


पुगेका उनीहरुले नेता भीमबहादुर तामाङ नेतृत्वको समितिले बुझाएको प्रतिवेदन परिमार्जन गर्न माग गरे।

आदिवासी जनजाति संघका अध्यक्ष इन्द्रबहादुर गुरुङ नेतृत्वको टोली बुधबार महाराजगन्जस्थित कोइराला निवास पुगेर सभापतिसँग एकल पहिचानमा आधारित संघीय प्रदेश हुनुपर्ने धारणा दोहोर्यााएको हो। टोलीले भीमबहादुर तामाङ समितिले दिएको तात्कालिक प्रतिवेदन संशोधन गरेर आफ्ना माग सम्बोधन गर्नसमेत सभापतिसँग आग्रह गरेको छ।


केही दिनअघि मात्र नवलपरासी त्रिवेणीधाममा सम्पन्न कांग्रेस महासमितिले सामर्थ्य र पहिचानको आधारमा बहुपहिचान आधारित प्रदेश बनाउने प्रस्ताव पारित गरेको थियो।


आदिवासी जनजातिको स्पष्ट परिभाषा बनाउनसमेत उनीहरुले माग गरे। ‘कांग्रेसले जनजातिसम्बन्धी स्पष्ट परिभा