काठमाडौं, बैशाख ५ । यतिखेर नेपाल विद्युत प्राधिकरण राजनीतिक अराजकताको शिकार बन्दै गैरहेको छ । सधै विभिन्न दलका भ्रातृ संगठनको दबाब र चेपुवामा प्राधिकरण फस्दै नै आइरहेको छ । पछिल्लो समय त कर्मचारीको एक समूहले सम्पूर्ण कर्मचारीका सबै विवरण रहेका कम्प्युटरहरु नै उठाएर लगेसंगै प्राधिकरणमा अराजकता बढेको पुष्टि भएको छ ।
विद्युत प्राधिकरण कर्मचारी संघ र कर्मचारी युनियनले संयुक्त रुपमा विज्ञप्ती निकाली नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्थाभित्र यति विघ्न अनुशासन हिन काम भएको भन्दै आपत्ति जनाएका छन् । यसलाई उनिहरुले अराजकताको पराकाष्ठाका रुपमा पनि लिएका छन् । कर्मचारीहरुले चोरीएका कम्प्युटर खोजि गरी घटनामा संलग्नहरुलाई कानुन बमोजिम कारवाही माग गरेका छन् ।
कर्मचारी युनियनका सचिव भुमिनन्द अर्यालले बताउनुभयो । नेकपा माओवादी वैद्य सम्बद्ध राष्ट्रिय कर्मचारी संगठनका कार्यकर्ताले उक्त कम्प्युटर चोरी गरेको अरु संगठनको आरोप छ । यस्तो घट्नाले अराजकता फैलाउन सक्ने भन्दै यस घटनालाई व्यवस्थापनले तत्काल कारवाहि गर्नुपर्ने उनीहरुको भनाई छ ।
RSS, AGENCIES