सरकारले आजदेखि फेरि मतदाता नामावली संकलन कार्य सुरु गर्ने भएको छ । गएको चैत १९ मा स्थगित गरिएको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियान आजबाट फेरि सूरु गर्न लागेको हो ।
नागरिकता वितरण अभियान र मतदाता नामावली संकलन कार्य एकैपटक गर्नका लागि यो अभियानलाई सँगै सञ्चालन गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले गृहमन्त्रालयको समन्वयमा मतदाता नामावली संकलन गरिने जानकारी दिनुभयो । नागरिकता नभएका करिब १० लाख मतदाता छुटेको र मतदाता संकलन गर्न ३० लाख भन्दा बढि मतदाता बाँकी रहेको आयोगले जनाएको छ । निर्वाचन आयागले नागरिकता वितरण गर्ने र आयोगको टोलीले मतदाता सूचिकृति गर्ने आयुक्त गुरुङले बताउनुभयो ।
गुरुङका अनुसार १ करोड १३ लाख दर्ता भइसकेको र १ करोड ५४ लाख हुनुपर्ने अनुमान आयोगको रहेको बताउनुभयो ।