अविरल बर्षाका कारण अर्घाखाँचीका ग्रामीण सडक अवरुद्ध

अखाँटा – दुई दिनदेखी अविरल बर्षा परेपछि ग्रामीण भेगामा चल्ले सडक अबरुद्ध भएका छन । 
सवारीसाधन चल्न नसक्दा यात्रु मर्कामा परेका छन । शनिवार बेलुका देखी आईतवार साझसम्म परेका अविरल बर्षाले गाउंमा जाने कच्ची सडक विग्रिएका छन ।
पानीले बाटो खाल्टाखुल्टी परेका छन । 
आईतवार गाउंमा यात्रु बोक्ने जीप, बस चलेका छैनन् । जिल्लाको हंसपुर, अर्घातोष, धनचौर लगायत २५ भन्दा बढी गाविसमा जाने सडक बर्षाका कारण विग्रिएपछि सवारी साधन चल्न नसकेको देउराली यातायात व्यावसायी समितिले जनाएको छ । बोटो चिप्लो भएकाले गाडी नचलेका हुन । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु