अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सास्कृतिक महोत्सव हुने

– उमाकान्त पाण्डे गाउंले 
सन्धिखर्क -अखाँटा-अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सास्कृतिक महोत्सव हुने भएको छ । जिल्लालाई नेपाल र संसारभर चिनाउनका लागि जिल्लामा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसारको लागी सास्कृतिक महोत्सवको आयोजना गरिन लागेको हो । 
अर्घाखाँची युथ सेवाको आयोजनामा असार १ गते शनिवार एक दिनका लागि महोत्सव गर्न खोजिएको हो । 
महोत्सव जिल्लामानै पहिलो पटक आयोजना गरिन लागिएको हो । 
जिल्लामा उच्च सुरक्षा तथा व्यवस्थापनका साथ महोत्सवको आयोजना गरिन लागेको युथ सेवाले अर्घाखाँची डट्कम् लाई जानकारी दिएको छ । 
महोत्सवमा जिल्लामा यस् अघी नआएका राष्ट्रिय स्तरका कलाकारको उपस्थिती रहने जानकारी सस्थाका प्रदिप नेपालीले जानकारी दिएका छन । 
महोत्सवमा जिल्लाका चिनारी , बिशेष स्थान र जिल्लाको महत्वलाई झल्काउने बिषय बस्तु प्रदशन गरिने कार्यक्रम सयोजक आकाश भुसालले बताए । उनका अनुसार कार्यक्रममा स्थानीय कलाकारले समेत प्रदशन गर्ने छन । उनका अनुसार सबैबिधाका प्रस्तुतीका कलाकार जिल्लामा आउन लागेको यो पहिलो पटक हो ।  
कार्यक्रममा हास्यकलाकार विलसन बिक्रम राइ (हास्यकलाकार),पप गायक कमल खत्री, हास्य कलाकार तथा प्रस्तोता राजेन्द्र पोख्रेल, र दोहोरी गायक मिलन लामा आउने भएका अर्घाखाँची युथ सेवाका सचिव बिशाल पन्थीले जानकारी दिए । 
                                   Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु