मंसिरमा पनि चुनाव नभए जनताले कसैलाई बाँकी नराख्ने काँग्रेसका सभापति सुशील कोइरालाको भनाइ

रासस – नेपालगन्ज, – काँग्रेसका सभापति सुशील कोइरालाले मंसिरमा पनि चुनाव नभए जनताले बिद्रोह गरेर कसैलाई पनि बाँकी नराख्ने टिप्पणी गरेका छन् । उनले निर्वाचनको बिरोध गरिरहेका दलहरुलाई पनि सहमतिमा ल्याएर निर्वाचन गरिने बताए । कात्तिक र मंसिरमा पनि चुनाव नभए देश संकटमा फस्ने उनको अनुमान थियो ।
नेपाल प्रेस युनियन, बाँकेद्वारा आयोजित पत्रकारसम्मेलनमा उनले भने,’ निर्वाचन जनताको लोकतान्त्रिक अधिकार भएकाले त्यसको बर्खिलापमा जाने छुट कसैलाई छैन ।”
सभापति कोइरालाले अहिले सबैको चासो लोकतन्त्र बन्नुपर्नेमा जोड दिादै राजनीतिक प्रतिस्पर्धाका नाममा जनताको अधिकारको घाँटी निमोठ्न नपाइने बताए ।