– वीरेन्द्र केसी
देशमा दलको नेतृत्वमा सरकार नहुनु दुभाग्य रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन । उनीहरुले छिटै निर्वाचन गरेर दलीय सरकार बन्नुपर्ने आवश्यक्ता रहेको बताए । वैशाख ११ गते निरंकुश शासनको अन्त्य र लोकतन्त्रको स्थापना भएको दिनलाई दलकै सहमतीमा निर्दलीय सरकार बनेपनि खिलराज सरकारले लोकतन्त्र दिवसलाई विर्सेको बताए ।
लोकतन्त्र दिवसमा आयोजित भलिवल प्रतियोगिताको उदघाटनमा जिल्ला स्थित दलका नेताले लोकतन्त्र दिवस मनाउन खिलराज रेग्मी सरकारले सरकारी स्तरबाट जिल्लामा सर्कुलर नगर्दा र जनआन्दोलन र शहिदको मुल्याकंन हुन नसककेको गुनासो गरे ।
कर्मचारीको निर्दलिय सरकारले सहिदको महत्व बुझ्न नसकेको र सहिदको बलिदानबाट लोकतन्त्र स्थापना भएको प्रति सरकारले वेवस्ता गर्नु दुःखद भएको बताए । सहिदको रगतले पोतिएको देशमा लोकतन्त्र दिवस मनाउन सरकारले जिल्ला प्रशासन वा जिविस मार्फ कुनै र्सर्कुलर नगर्दा शहिदको अपमान भएको दावी गरे ।
कार्यक्रममा एमाओवादी केन्द्रिय सदस्य कमल खनाल, काग्रेस सभापति कमलप्रसाद भुसाल, एमाले सचिव रामबहादुर चौहान, प्रमुख जिल्ला अधिकारी गोविन्दमणी भुर्तेल, राजमोका गोपाल पौडेल, अर्घाखाँची टेलिभिजनका अध्यक्ष वासुदेव आचार्य, स्थान्ीय शान्ति समितिका संयोजक रामजीप्रसाद घिमिरे, खेलाडी विष्णु परियार लगायतको सहिदलाई विर्सन नहुने, देश सहिदको रगतले पोतिएको र लोकतन्त्र र परिवर्तनको लागि आफनो ज्यान आहुती दिएका शहिदलाई सधै सम्मान गरी निर्वाचन गरेर जनताको लाकतान्त्रिक संविधान लेखिए र देशमा स्थायी शान्ति कायम भएमात्र शहिदको सपना पुरा हुनेमा जोड दिएका थिए ।
कार्यक्रम समितिका अध्यक्ष हरि प्रसाद भटर्राईको अध्यक्षता शिव बेल्वासेको सञ्चालन र प्रकाश बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो सन्धिखर्क टुडिखेलमा सञ्चालन भएको भएको भलिवल प्रतियोगिता दुई दिनसम्म सम्म चल्ने भलिवल खेलमा १८ टीमले भाग लिएका छन ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।