दलहरुकै कारण लोकतन्त्र धरापमा अधिकारकर्मीहरु

कपिल ज्ञवाली
नेपालका राजनीतिक दलहरु लोकतन्त्रप्रति प्रतिबद्ध नभएकै कारण जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु संस्थागत हुन नसकेको अधिकारकर्मीहरुले बताएका छन् । 
सातौं लोकतन्त्र दिबसको अबसरमा जवाफदेहिता निगरानी समिति रुपन्देहीले बुधबार बुटवलमा गरेको अन्तरक्रिर्यामा सहभागिले लोकतन्त्रको नाममा दलहरु बिधिको शासन मिचेर अघि बढेको बताएका हुन् । उनिहरुले दोश्रो जनआन्दोलन २०६२/०६३ मा नेपाली जनताले दिएको योगदान र शहिदहरुको उच्च मुल्याङ्कन र सम्मान हुन नसकेकोमा चिन्ता ब्यक्त गरे । 
कार्यक्रममा बोल्दै बरिष्ठ अधिबक्ता तेज प्रसाद कणेंलले लोकतन्त्रको उपहास भैरहेको उल्लेख गर्दै राजनैतिक दलहरुको सहयात्रा जरुरी रहेको औंल्याउनुभयो । कणेंलले नेताहरुले राजनीतिमा उल्टो बाटो रोजेकाले सातौं लोकतन्त्र दिवस खल्लो र उल्लासमय बन्न नसकेको बताउनुभयो । 
जवाफदेहिता निगरानी समितिका लुम्बिनी अञ्चल संयोजक तथा अधिबक्ता महेन्द्र पाण्डेले लोकतन्त्रमा बिधिको शासन नमान्ने दलहरुको भबिष्य नरहेको भन्दै दलहरु समाप्ती तर्फ उन्मुख भएको तर्क गर्नुभयो । उहाले लोकतन्त्र केवल शब्द मात्र नभइ आचरण,संस्कार र पद्धती भएको बताउनुभयो । उहाले लोकतन्त्रमा दोषीलाई कारबाहि नभइ पुरस्कृत गर्ने दलहरुको कडा शब्दमा निन्दा गर्नुभयो । पत्रकार महासंघ रुपन्देहीका सभापति दीपक ज्ञवालीले लोकतन्त्रको सुरक्षा र संरक्षण हुन नसकेको भन्दै शहिदको रगतमाथि दलहरुले राजनीति गरेको उल्लेख गर्नुभयो । 
जवाफदेहिता निगरानी समिति रुपन्देहीका सहसंयोजक गाबिन्द खनालको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देही ब्यापार संघका बरिष्ठ उपाध्यक्ष पदम श्रेष्ठ,पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार सुमन अधिकारी,लुम्बिनी टेलिभिजनका स्टेशन प्रमुख दिनेश पाण्डे,रेडियो जागरणका स्टेशन म्यानेजर शिबजी गायक,प्रेस यूनियन रुपन्देहीका सचिब बिक्रम खड्का,लेखक गणेश उचै,ब्यबसायि तुल्सीराम बञ्जाडे,रिता सेनु,ठाकुर घिमिरे लगायतले बोल्दै दलहरुको नैतिकता र इमान्दारिताको कमीका कारण लोकतन्त्र धरापमा परेको बताएका थिए ।