पत्रकार महासंघको विवाद मिलाउन युनियनको समिति

नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाको विवाद समाधान गर्न नेपाल प्रेस युनियन काठमाण्डौका जिल्ला उपाध्क्ष जीवन भण्डारीको संयोजकत्वमा विवाद समाधान समिति गठन गरिएको छ।
युनियनको केन्द्रिय समितिको रोहवरमा गठित समितिलाई महासंघको जिल्ला शाखालाई संस्थागत रुपमा संचालनका लागी दवाव सृजना गर्ने र नियोजित रुपमा गर्न थालिएको केही पदाधिकारी तथा सदस्यहरु माथीको कारवाही प्रक्रिया रोक्ने लगाएतका जिम्मेवारी दिइएको छ। 
महासंघका जिल्ला अध्यक्ष गोविन्द चौलागाई सहितका केही व्यक्तिहरुले एकलौटी तरिकाले महासंघ चलाएको, बैठकमा नवोलाउने गरेको, निर्णय पुस्तीका कार्यसमितिका सदस्यहरुलाई नै हेर्न नदिने गरेको लगाएतका अरोप लगाउदै कार्यसमितिका झण्डै आधा सदस्यहरु आन्दोलीत भएपछि युनियनले समिति गठन गरेको हो । 
समितिको सदस्यमा युनियनका जिल्ला सहसचिव नकुल अर्याल, पार्षद योगेन्द्र प्रताव शाही र गोपाल घिमिरे रहेका छन ।