आगामी संविधानसभाको निर्वाचनमा मधेसवादी दलहरुका बीचमा गठबन्धन भए एमाओवादी नचाहिने तमोलपा अध्यक्ष ठाकुरको भनाइ

रासस – तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आगामी संविधानसभाको निर्वाचनमा मधेसवादी दलहरुका बीचमा गठबन्धन हुने बताएका छन् ।
मधेसी पत्रकार समाज, पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले त्यसका लागि सबै मधेसवादी दलहरुसँग कुराकानी भइरहेको जानकारी दिए ।
विशेषगरी फोरम नेपाल, फोरम लोकतान्त्रिक तथा सङ्घीय सद्भावना र तराई मधेस अभियानका संयोजक जेपी गुप्तासँग एकताका लागि छलफल भइरहेको उनले जानकारी दिए ।
मधेसवादी दलहरुमा गठबन्धन भएमा माओवादीसँगको गठबन्धन जारी नरहने पनि उनले बताए । अब मुलुकमा निर्वाचनको विकल्प नभएका कारण जसरी भए पनि चुनावलाई सफल बनाउनमा सबै लाग्नुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष ठाकुरले नेकपा