सरकारद्वारा योजना आयोगका उपाध्यक्षसहित पदाधिकारीको राजीनामा स्वीकृत

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्रीसहित तीन सदस्यको राजीनामा स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले क्षत्रीसहित सदस्यहरु जनकराज शाह, शिवकुमार राई र अब्दुल रहिम मिकरानीको राजीनामा स्वीकृत गरेको हो । बाबुराम भट्टराई सरकारले नियुक्त गरेका पदाधिकारीहरु नयाँ सरकार रहे पनि राजीनामा दिन आलटाल गरेका थिए ।
उच्चस्तरीय राजनीतिक समितिले योजना आयोगसहित गरिवी निवारण कोषका पदाधिकारीलाई राजीनामा गर्न आग्रह गर्ने निर्णय गरेपछि उनीहरुले सोमबार छाडेका हुन् । नयाँ सरकार गठनसँगै पुराना पदाधिकारीले राजीनामा दिनुपर्ने सामान्य प्रचलन छ । पुराना पदाधिकारीले राजीनामा नदिएपछि पहिलोपटक आयोगका पदाधिकारीलाई सामेल नगराई अर्थमन्त्री शंकर कोइरालाले चालू आर्थिक वर्षको समायोजित पूर्ण बजेट बनाएका थिए ।
मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सदस्यसचिवमा रामहरि लामिछानेलाई नियुक्त गरेको छ ।
राससका अनुसार बैठकले अरविन्द योग मन्दिर काठमाडौँ नामक संस्थाले एउटा सवारीसाधन खरिद गर्दा लाग्ने कर भन्सार असुल गरेको प्रमाण पेस गरेपछि सो संस्थालाई रु दस लाख शोधभर्ना गर्ने निर्णय गरेको छ ।
यसैगरी नेपाल-भारत संयुक्त आर्मी एभरेष्ट एक्सपिडिसन २०१३ नामक आरोहण दलमा सहभागी हुने नेपाली सेनातर्फबाट १३ र भारतीय सेनातर्फबाट १२ गरी २५ जनाले २०१३ अप्रिलको मेमा सगरमाथा आरोहण गर्दा लाग्ने सलामी दस्तुर दुई लाख ५० हजार अमेरिकी डलर छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले जानकारी दिए ।
बैठकले केही निजामती कर्मचारी र तिनका परिवारलाई निजामती सेवा नियमावली