बुटवलका निजी बोर्डिङहरुमा तालाबन्दी

कपिल ज्ञवाली
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन अनेरास्वबियू जिल्ला कमिटि रुपन्देहीले बिहिबार बुटवलमा रहेका निजी बोर्डिङहरुमा बिहिबार तालाबन्दी गरेको छ । 
निजी बिद्यालयहरुले बिद्यार्थी भर्नाको मौका छोपेर आफूखुसि र मनोमानी ढंगले अनाबश्यक शिर्षउपशिर्षकमा शुल्कबृद्धि गरि असुलेको भन्दै तालाबन्दी गरिएको अनेरास्विबियूका जिल्ला अध्यक्ष सरोज पोखरेलले बताउनुभयो । 
बिहिबार होराइजन,एभरेस्ट तथा दीप बोडिङको एकाउन्ट शाखामा तालाबन्दी भएको हो ।
अनेरास्वबियूले २४ घण्टा भित्र शुल्क बृद्धि पर्ूण्ारुपमा खारेज नगरे १५ गतेदेखि बोर्डिङहरुमा अनिश्चित कालिन तालाबन्दी गर्ने जनाएको छ ।
तालाबन्दीका लागि केन्द्रिय सचिबालय सदस्य बाबुराम पन्थी,अनेरास्वबियूका केन्द्रिय सदस्य यमराज पाण्डे,जिल्ला सदस्य सरोज पोखरेल लगायतको नेतृत्वमा टोलि बिद्यालयमा पुगेको हो । उनिहरुले शुल्क बृद्धिले अभिभाबकको ढाड सेकेको जनाएका छन् ।