पछिल्लो अध्ययन अनुसार नेपाली महिला दक्षिण एसियामा सबैभन्दा अगाडि

पछिल्लो अध्ययनले दक्षिण एसियाली मुलुकहरुमध्ये नेपालमा हरेक क्षेत्रमा महिला सहभागिताको स्तर सबैभन्दा राम्रो रहेको देखाएको छ । अमेरिकी बहुराष्ट्रिय वित्तिय संस्था मास्टर कार्ड नामक संस्थाले गरेको अध्ययन अनुसार नेपालमा महिला सहभागिता सूचकांक दक्षिण एसियाली मुलुकमा सबैभन्दा बढि छ ।
यस सूचकांकमा नेपाल पहिलो हुँदै कुल ५५ अंक पाएको छ । नेपालपछि महिला सहभागिताको दृष्टिले बंगलादेश दोश्रो स्थानमा छ । उसको ४५.५ अंक छ । तेश्रो स्थानको श्रीलंकाको ४३.८, चौथो भारतको ३८ र पाँचौँ पाकिस्तानको २३ अंक रहेको छ ।
यस्तै महिला नेतृत्वको हिसाबमा श्रीलंका सबैभन्दा तल रहेको छ । सूचकांकमा उसको अंक १२.६ रहेको छ । जबकी नेतृत्वका हिसाबमा दक्षिण एसियामा नेपाली महिला सबैभन्दा अगाडि छन् । यस सूचकांकमा नेपाली महिलाले ४९.६ अंक पाएका छन् । अघिल्लो संविधानसभाको महिला प्रतिनिधित्वको हिसाबले नेपालमा संसदमा महिलाको प्रतिनिधित्व एसिया प्रशान्त क्षेत्रमै सबैभन्दा बढि रहेको टाइम्स अफ इण्डियाले खबर छापेकेा छ ।
दक्षिण एसियामा रोजगारीको हिसाबले बंगलादेशी महिला सबैभन्दा अघि छन् । त्यहाँ हरेक १ सय जना पुरुष रोजगार रहेको ठाउँमा ७५ जना महिला रोजगार छन् । श्रीलंका दोश्रो र नेपाल तेश्रो स्थानमा छ । नेपालमा पुरुषको तुलनामा महिलाहरु ६० प्रतिशत मात्र रोजगार रहेको तथ्यांकले देखाएको छ ।