नेकपा-माओवादीले आसन्न संविधानसभा निर्वाचनका लागि सरकारले सुरु गरेको नागरिकता वितरण र मतदाता नामावली संकलनमा अवरोध गर्ने भएको छ ।
माओवादी केन्द्रीय समितिको बिहीबार सम्पन्न बिस्तारित बैठकले अध्यक्ष मोहन बैद्य किरणको राजनीतिक प्रतिवेदन सुभावसहित पारित गर्दै नागरिकता वितरण र मतदाता नामावली संकलनको राजनीतिक र बैचारिक रुपमा भण्डाफोर गर्ने निर्णय गरेको छ ।