प्रचण्ड भारतमा: चुनाब र आर्थिक विकासका लागि सहयोग माग्ने

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुभएको छ ।
पत्नी सीता, नेता कृष्णबहादुर महरा र सहयोगी शिव खकुरेल सहित प्रचण्ड तीन दिने भ्रमणका लागि भारत जानुभएको छ ।
भारत प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले आर्थिक र राजनीतिक वातावरण सकारात्मक बनाउन भारत जान लागेको बताउनुभयो । भ्रमणमा चीनमा जस्तै भारतसँग पनि आर्थिक एजेण्डामा छलफल गर्ने र संविधान सभा चुनावका लागि सहयोग जुटाउने बताउनुभयो ।
चीन नेपाल र भारतबीचको त्रिदेशीय साझेदारीको कुरा रणनीतिक भिजन भएको प्रचण्डले दावी गर्नुभयो । आफू पार्टीको अध्यक्ष भएपनि राष्ट्रको प्रतिनिधिका हैसियतमा भारत जान लागेको भन्दै प्रचण्डले पुराना असहमतिका कुरा नउठाउने बताउनुभयो ।