आजै मात्रै साता ब्यापी भ्रमणको क्रममा भारत प्रस्थान गरेका प्रचण्डले भारतको इन्दिरा गान्धी एयरपोटमा कालो झण्डाको सामना गर्नु परेको छ ।
भारतीय समय अनुसार बेलुकाको समय ६:३० बजे बिमान स्थलमा ओर्लेका प्रचण्डले गाडीमा चढ्न नपाउदै कालो झण्डाको अनुहार हेर्नु परेको हो ।
भारतको भ्रमणमा गएका प्रचण्डले पहिलो दिनबाटै बिरोध खेप्नु परेको छ । भारतको इन्दिरा गान्धी एयरपोटमा प्रचण्डले कालो झण्डाको सामना गर्नु परेको छ ।
इन्दिरा गान्धी बिमान स्थलमा ओर्लेका प्रचण्डले गाडीमा चढ्न नपाउदै कालो झण्डाको सामना गर्नु परेको हो ।
प्रबासी नेपालीहरुको संगठन अखिल भारत नेपाली एकता मन्च केन्द्रीय उपाध्यक्ष मोति गौतमको नेतृत्वमा अखिल भारत नेपाली एकता मन्च र नेपाली प्रगतिशील विद्यार्थी मन्च, भारतका कर्याकर्ताले प्रचण्डलाई कालो झण्डा देखाएका हुन । करिब साठी जनाको समुहमा आयका कार्यकर्ताले कालो झण्डा देखाएपछी त्यहाबाट जबर्जस्त बाहिर निस्किने क्रममा उनी चढेको गाडीले प्रदशनकारीहरु लाई ठक्कर दिदा दुई जना घाइते भएका छन ।
घाइते हुनेहरुमा बिष्णु केसी र हिरालाल बिक रहेका छन ।
यसरी भारतको भ्रमणमा गयका प्रचण्डले पहिलो दिन बाटै बिरोध खेप्नु परेको छ उनका भोलिका बाँकी दिनहरु कसरी जान्छन त्यो भने हेर्न बाँकी छ |