मगलबार देखी दश प्लस दुईको परीक्षालुम्बिनीमा मात्र असी हजार परीक्षार्थी

युबराज कंडेल
उच्च माध्यमिक शिक्षा परिषद सानोठिमी भक्तपुर द्वारा लिईने बोर्ड परीक्षा मंगलवार बाट शुरु हुदैछ। परीक्षाको लागी सम्पूर्ण तयारीहरु पुरा भैसकेको परिषदले जनाएको छ ।
भोलीदेखी संचालन हुने कक्षा १२ को परीक्षामा ३ लाख ९८ हजार एक सय १५ जना परीक्षार्थी सहभागी हुदैछन । बैशाख ३१  गते बाट  संचालन हुने कक्षा ११ को परीक्षामा भने ४ लाख ३५ हजार १८ जना परीक्षार्थीले परीक्षा दिनेछन ।
उच्च माध्यमिक शिक्षा परिषद बुटवल कार्यालय अर्न्तर्गत पर्ने लुम्बिनी अंचलका ६ जिल्ला र राप्ती अंचलका प्युठान र रोल्पा गरि आठ जिल्लाहरुमा ८८ हजार ५१० जना बिद्यार्थीहरु यसवर्षो परीक्षामा सहभागी हुने कुरा परिषदको बुटवल कार्यालयले बताएको छ । गत वर्षयो क्षेत्रबाट ८९ हजार ७ सय ९२ जना परिक्षार्थीहरु परीक्षामा सामेल भए पनि यो वर्षपरीक्षार्थीको संख्या केहि घटेको देखिएको छ ।
परिषद को बुटवल कार्यालयका कार्यालय प्रमुख सुवास पन्तका अनुसार मंगलवार देखी शुरु हुने कक्षा १२ को परिक्षामा नियमित तर्फ २३ हजार ५ सय ४२ र आंशिक तर्फ १६ हजार ६ सय ५८ जना गरि कूल ४० हजार २०० जनाले परीक्षा दिदैछन। 
कुल परिक्षार्थीहरु मध्ये १८ हजार ५ सय ३३ जना छात्र र २१ हजार ५ सय ३३ जना छात्रा रहेका छन् ।  कक्षा ११ को परीक्षामा भने ४८ हजार ३ सय १० जना सहभागी हुदैछन । कक्षा ११ का कूल परिक्षार्थीहरु मध्ये २८ हजार ६ सय एक जना नियमित तर्फर १९ हजार ९०७ आंशिक तर्फा बिद्यार्थीहरु रहेका छन् ।
परिषद्को बुटवल कार्यालयका अनुसार  यसपालिको परीक्षामा लुम्बिनी अंचलका ६ जिल्लाबाट ८० हजार ५ सय ६९ विद्यार्थीले परीक्षा दिदैछन ।  कार्यालय श्रोतका अनुसार रुपन्देही जिल्लामा सबै भन्दा बढी परिक्षार्थीहरु रहेका छन । रुपन्देहीका २९ वटा परीक्षा केन्द्रमा २९ हजार ५ सय २ जना परीक्षार्थीले परीक्षा दिदैछन । यसपाली गुल्मी जिल्लामा सबै भन्दा कम परिक्षार्थीहरु रहेका छन । यहाका १३ वटा परीक्षा केन्द्रमा ७ हजार ५ सय परिक्षार्थीहरु रहेका छन ।
कक्षा ११ र १२ को परीक्षाको लागी लुम्बिनी अन्चलमा ८८ वटा परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ. परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सबै केन्द््ररुमा आवस्यक सबै सामाग्रीहरु पुर्‍याइसकेको र केन्द्राध्यक्ष, निरीक्षक र पर्यवेक्षक लगायत सबै जनशक्ती खटाइसकेको परिषदका बोर्ड सदस्य घनस्याम पाठकले जानकारी दिनुभएको छ ।