अर्घाखाँचीमा दलीय आडमा सार्वजनिक जग्गा अतिक्रमण

– वीरेन्द्र केसी



दलीय आडमा सदरमुकाम सहित गाउंका प्रमुख स्थानमा सार्वजनिक जग्गा अतिक्रमण भएको छ । दलीय आडमै र्सवाजनिक जग्गा मिचेर घर घडेरी बनाउने क्रम बढदो छ । सदरमुकाम सन्धिखर्क, चुत्रवेशीमा रहेका खोल्सा, खोला, बगर, बाटो र वन मिचेर घर बनिरहेका छन ।

 


 

सार्वजनिक जग्गा मिचेर घर बनाउने व्यक्ति राजनीतिक दलको संरक्षणमा रहेकै कारण कारवाही हुनबाट जोगिदै आएका छन । अतिक्रमण भएको जग्गाको भने तथ्याकं सरकारी निकायले निकाल्न सकेको छैन । सदरमुकाममा र्सार्वजनिक जग्गा अतिक्रमण गर्नेक्रम दिनप्रतिदिन बढिरहेको छ । रिपोर्र्टर्स क्लबले सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा सरोकारवालाले दलको लिडरले नै संरक्षण गरेको आरोप लगाएका छन । 


प्रशासनले उजुरी दिएपनि कारवाही नगरेको गुनासो गरे । कार्यक्रममा विष्णु प्रसाद खनालले सदरमुकामको रुब्दीदेखी बागी खोलासम्म व्यापक अतिक्रमण भएको बताए । ‘सन्धिखर्क र चुत्रावेशीको बीचमा पर्ने वागी खोला मिचिएर साधुरियो’, उनले भने, ‘जग्गा मिचेर धमाधम व्यक्तिका घरहरु बनिरहेका छन ।’ र्सार्वजनिक जग्गा मिचेर घर बनाउनेलाई प्रशासनले कारवाही भएको छैन । पत्रकार महासंघका उपाध्यक्ष हिमबहादुर जिसीले राजनीतिक दलका नेताले जग्गा मिच्नेलाई संरक्षण गरेको बताए । त्यस्ता व्यक्ति एउटा दलमा आबद्ध छन, उनले भने, आफनो कार्यकर्ता भनेर संरक्षण भएका छन । 



सदरमुकाममा सडक, खोल्साखाल्सी, खोला, बगर र वन मिचिनेक्रम बढदो छ । द्धन्द्धमा नक्सा जलेर नष्ट हुंदा जिल्ला नक्सा विहीन भएकाले र्सार्वजनिक जग्गामा घर बनेको हुन । 



नागरिक समाजका केएल शर्मा मोती खनालले जिल्ला प्रशासन कार्यालयकै अगाडी जग्गा मिचेर घर बनाउदासम्म प्रशासन मुकदर्शक भएको आरोप लगाए । जिल्ला प्रशासनमा र्सार्वजनिक जग्गा अतिक्रमणकाबारे प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा धेरै पटक बैठक बसेर छानविन गरी हटाउने भनिएपनि कहिल्यै कार्यन्यवन भएन, रेडियो अर्घाखाँचीका सचिव ठाकुर विकले भने, जग्गा मिचेर घर बनाउनेको पिलर उखेल्नुपर्छ । नयाघर बनाउदा १८ इन्च बाटो छाडेर बनाउनु पर्नेमा त्यसैमा पनि सडक नै मिचिएको उनले बताए । सन्धिखर्क-चुत्रावेशीका मुख्य सडकमा पनि यो समस्या छ । कार्यक्रममा जिल्ला वन अधिकृत पंचलाल शाहले स्कुल, गाउँ देखी शहरसम्म जग्गा अतिक्रमण भएको बताए । 

 


 

कार्यक्रममा राजनीतिक दलका नेताको आडमा जग्गा माफियातन्त्र बढदै गएको सहभागीले आरोप लगाएपनि नेताले अब पार्टीबाट संरक्षण नगरिने स्पष्ट पारे । एमओवादी संयोजक गोविन्द केसी, काग्रेस सभापति कमल भुसाल, एमालेका रामचन्द्र पोखरेल, राजमो केन्द्रिय सदस्य सागर केसी, माओवादीका गुणनिधी भुसालले अतिक्रमित भएकालाई र्सार्वजनिक गर्नमा प्रशासनलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।



जग्गा अतिक्रमण गर्ने कार्यकर्ता भएपनि कारवाही गर्न सघाउने र प्रमुख जिल्ला अधिकारीलाई  र्सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कारवाही गर्ने अभियानमा पूर्ण रुपमा सहयोग गर्ने उनीहरुले प्रतिवद्धता जनाएका छन । कानुनी दायरामा ल्याई भुमाफियालाई कारवाही गर्न उनीहरुले प्रशासनलाई आग्रह गरेका छन । विशेष नापी प्रमुख नारायण रेग्मी र मालपोल अधिकृत तिलकराम रिजालले नक्सा जलेकाले अद्यावधिक नहुँदा छुटाउन समस्या परेको बताए । उनीहरुले सरकरी जग्गा व्यक्तिले धेरै मिचेको भएपनि छुटाएर कारवाही गर्न दलका नेताले सहयोग गर्नुपर्ने बताए । 



प्रहरी प्रमुख हिराबहादुर पाण्डेले सुरक्षा दिन तयारी भएपनि कामै गर्न नदिने नियत बाधक बनेको बताए । 



प्रमुख जिल्ला अधिकारी गोविन्दमणी भुर्तेललले कानुन हातमा लिएर र्सार्वजनिक जग्गा मिच्नेलाई कानुन अनुसार कारवाही गर्न प्रहरी प्रशासन तयार रहेको बताए । यसमा दलका नेताले सहयोग गरे अतिक्रमण गर्नेलाई कारवाही गर्न सकिने बताए । उजुरी आएका छन, उनले भने, कारवाही गर्न खोज्दा दलका नेताको दवाव आउने गर्छ । प्रतिवेदन तयार पारी जग्गा मिचेर बनेका घर भत्काउने र पिलर फाल्नुपर्ने उनले बताए । कार्यक्रममा दलका नेताले सहयोग गर्ने र प्रमुख जिल्ला अधिकारीले छिटै र्सवदलीय र र्सवपक्षीय बैठक बोलाएर निर्णय गरेपनि अतिक्रमण गरिएका जग्गा सरकारीकरण गर्ने निष्कर्षनिस्केको छ ।  

 

कार्यक्रम क्लवका जिल्ला अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, उपाध्यक्ष वीरेन्द्र केसीको विषयवस्तु प्रवेश र सचिव गणेश खनालको सञ्चालनमा सम्पन्न भएको थियो । 




Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु