पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनेजीर भुट्टोका कानूनी सल्लाहकारको गोली हानी हत्या

इस्लामावाद । पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनेजीर भुट्टोका कानूनी सल्लाहकारको गोली हानी हत्या गरिएको छ । पाकिस्तानको राजधानी इस्लामावादमा अज्ञात समूहको गोली प्रहारबाट सख्त घाइते भएका चौधरी जुल्फिकर अलीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको बीबीसीले जनाएको छ ।



अली सँगै अन्य दु्ईजनाको पनि गोली लागि मृत्यु भएको छ । बेनेजीर भुट्टोको हत्याबारे वकालत गर्दै आएका अलीको कार्यालय जाँदै गर्दा मोटरसाइकलमा सवार दुईजनाले गोली प्रहार गरी भागेका थिए । 



बेनेजीर भुट्टोको सन् २००७ मा पाकिस्तानको इस्लामावादमा चुनावी अभियानका क्रममा गोली हानी हत्या गरिएको थियो ।



Agencies