बाबु रोका मगर”अपरिचित”
असुरकोट-९,जोगिटारी,अर्घाखाँची
ठुलो आकार रबर झै तन्किएको मान्छे म
भमरा होईन झिंगा झै भन्किएको मान्छे म |
फोहोर को छिटा परि सङ्लो पबित्रता धमिँलिदा
रिस अनि आबेशमा रन्किएको मान्छे म |
आगो बिना जलिरहेको छु तर धुँवा देखिदैन
जगंलको डढेलो झै दन्किएको मान्छे म |
असल बाटो छोडी जिबन कुबाटोमा मोडीएर
पिडा खेप्दै आक्रोशमा झन्किएको मान्छे म |
मान्छेहरु कै भिड मा फ्याकिएको लावारीशे मान्छे म
अपहेलित र घिणितले च्यापिएको बेवारीशे मान्छे म |
जिबन बाट हार खाई बचेको सास उम्काएर
स्वर्ग होईन नर्क तिरै थन्किएको मान्छे म ॥