प्यारो लाग्छ

“बिखर्ची राम”
बघौडा,८,ब्रहमपुरी,माडी,
चितवन,नारायणी,नेपाल
हाल:यु,ए,ई,दुबई.

 

दौरा सुरवाल ढाकाटोपी धोती प्यारो लाग्छ!!
पौरखको आफ्नै कमाई रोटी प्यारो लाग्छ !!

मेची कोशी सगरमाथा राप्ती,नारायणी !
भेरी सेती महाकाली, डोटी प्यारो लाग्छ!!


आशा अब छैन बाकीं शिंहासनमा बस्ने!
मेरै गाउँ झुप्रे घरको कोठी प्यारो लाग्छ!!


जन्माएर यो संसारमा नौलो किरण छर्ने !
मेरी आमा बुढी हुन या थोती प्यारो लाग्छ !!


श्रम सिप सिर्जिएर आफ्नै देशभित्र !
पसिनाले उमारेको मोती प्यारो लाग्छ !!


औशीको त्यो कालो रातमा अध्यारो लाई हर्न!
जुनकिरी झैं बिखर्चिको ज्योती प्यारो लाग्छ!!