बारा, वैशाख २१ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसीरको पहिलो साता भित्र चुनाव हुने दाबी गरेका छन् ।
आज बाराको सिमरा विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै प्रचण्डले मंसीर पहिलो साता भित्र चुनाव हुने र नेकपा माओवादीसहितका दलहरुले पनि चुनावमा भाग लिने दाबी गरे ।
नेकपा माओवादी लगायतका दलहसँग छलफल भइरहेको भन्दै उनले समयक्रममा मोहन बैद्य नेतृत्वको नेकपा माओवादीसँग एकता हुनसक्ने पनि वताए ।
आन्दोलनरत दलहरुलाई चुनावमा सहभागी गराउन संविधानसभा सदस्यका लागि समानुपातिक तर्फको सदस्य संख्या वढाउन सकिने उनको भनाई थियो । अहिलेको सरकार चुनावका लागि गम्भीर रहेको भन्दै उनले आफु र उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई पनि तराइबाटै चुनाव लडाउने तयारी भइरहेको समेत वताए ।
RSS