धारापानी खुल्ला दिसा मुक्त तथा खुल्ला पलास्टीक मुक्त गाविस घोषणा हुदै

– प्रेमनारायण आचार्य 

 

 धारापानी, अर्घाखाँची २२ बैसाख । अर्घाखाँचीको धारापानी गाविसलाइ एक औपचारिक कार्यक्रमको आयोजना गरि खुल्ला दिसा मुक्त तथा खुल्ला पलास्टीक मुक्त गाविस घोषणा गरिने भएको छ ।


जिल्ला स्तरिय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले धारापानीलाइ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न अनुमति दिए पछि धारापानी गाविसको गाविस स्तरिय खानेपानी तथा सरसफाइ स्वचछता समन्वय समितिको बैठकले यहि बैसाख ३० गते धारापानीमा औपचारिक कार्यक्रमको आयोजना गरिएको धारापानीका गाविस सचिब जीबनारायण चुदालीले बताउनु भयो ।


पञ्चे बाजा र स्थानयि स्तरका झाकी, नाच गानको  आयोजना गरि हर्ष र उल्लासका साथ भब्य कार्यक्रमको आयोजना गरि गाविसलाइ खुल्ला दिसा मुक्त र खुल्ला पलास्टीक मुक्त गाबिसको घोषणा गरने भएको गाविस स्तरिय खानेपानी सरसफाइ स्वच्छता समन्वय समितिका सदस्य तथा अनुगमन समितिका संयोजक सागर केसीले बताउनु भयो ।


घोषणा सभाको लागि गाविस स्तरिय खानेपानी सरसफाइ तथा स्वचछता समन्वय समितिले बिभिन्न उपसमितिहरु समेत घोषणा गरेको छ । घोषणा सभाको दिन तुल ब्यानर र स्वागत गेटले धारापानीलाइ सिंगारिने पनि गाविसका सामाजिक परिचालक हरि केसीले बताउनु भयो ।



Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु