बंगलादेशको ढाकामा भएको प्रदर्शनमा सरकारले गोली चलाउँदा १० जना मारिए

ढाका । बंगलादेशको राजधानी ढाकामा भएको प्रदर्शनमा सरकारले गोली चलाउँदा १०  जना मारिएका छन् । ६० जनाभन्दा बढी घाइते भएका छन् । इस्लामिक प्रदर्शनकारीहरुमाथि सरकारले गोली चलाउँदा मानवीय क्षति भएको हो ।

 प्रदर्शकारीलाई नियन्त्रण गर्न ग्रीनेडसमेत प्रयोग गरिएको खबर छ । पचास हजारका संख्यामा एकत्रित भएका हिफाजत ए इस्लाम समूहका प्रदर्शनकारीले बेलगाम तोडफोड गर्न थालेपछि प्रहरीले नियन्त्रण गर्ने क्रममा यो हताहती भएको बताइएको छ ।
– Agencies