ब्राजिलमा गुडिरहेको बसमा एक महिला बलात्कृत भएपछि ब्राजिलभर सुरक्षाब्यवस्था कडा

ब्राजिल । ब्राजिलमा गुडिरहेको बसमा एक महिला बलात्कृत भएपछि ब्राजिलभर सुरक्षाब्यवस्था कडा बनाइएको छ । ब्राजिलको राजधानी रियो डि जेनेरियोमा गुडिरहेकै बसमा महिला बलात्कृत भएकी हुन् । 
बसका चालक र खलासीलाई हतियार देखाइ एक ब्यक्तिले बलात्कार गरेको हो । बलात्कारपछि उक्त व्यक्तिले बसमा रहेका यात्रुको सामान समेत लुटेर फरार भएको बताईएको छ । 
बसमा जडान गरिएको सीसीटीभीको दृश्यको आधारमा उक्त व्यक्तिको खोजी भइरहेको छ । यो घटनाले बाज्रिलको सुरक्षा ब्यबस्थामाथि नै प्रश्न उब्जाएको छ । 
गत मार्चमा पनि बाटोमा हिंडिरहेकी एक पर्यटक महिलामाथि बलात्कार भएको थियो । यसैगरी गत साता पनि गुडिरहेको बसमै बलात्कार गर्न खोज्दा महिला यात्रु र बलात्कारको प्रयास गर्ने व्यक्तिबीच घम्साघम्सी हुँदा बस दुर्घटना भएको र सात यात्रुको मृत्यु भएको थियो ।
Agencies