काठमाडौं । पूर्व मूख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउने संवैधानिक परिषदको सिफारिस विरुद्ध परेको रीट निदेवन सर्वोच्च अदालतको प्रशासनले दर्ता नगरी फिर्ता पठाएको छ । अधिवक्ता ओमप्रकाश आर्यलले आज विहान अदालतमा रीटका लागि निवेदन दिएपछि दिनभरी रीटको विषयमा सर्वोच्च प्रशासनले छलफल गरी रिटको प्रक्रियामा प्राविधिक कारण देखाई फिर्ता पठाएको हो ।
यसअघिको पैmसला अनुसार एक पटक एउटै विषयमा परिसकेको रीटमा पुनः दर्ता गर्दा विपक्षीलाई जानकारी गराएर मात्र दर्ता प्रक्रिया अघि बढाउनुपर्ने आदेशको आधारमा रीट फिर्ता गरिएको जनाइएको छ ।
विपक्षी कार्कीलाई जानकारी गराएर मात्रै रीटलाई अदातलमा लैजान मिल्ने सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले जानकारी हामीलाई दिए । कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्न चार दलबीच सहमति भएको खबर सार्वजनिक भएपछि अधिवक्ता अर्यालले हालेको रीटमा सर्वोच्च अदालतका न्यायाधीश सुशीला कार्कीको एकल इजलाशले अन्तरिम आदेश जारी गरकोमा न्यायाधीशद्वय गिरिशचन्द्र लाल र तर्कराज भट्टको संयुक्त इजलाशले उक्त अन्तरिम आदेशलाई निरन्तरता दिई राख्नुनपर्ने आदेश गरेको थियो ।