नाईजेरीयाको बोर्नोमा ईस्लामीक अतिवादी समुह बोको हराम र सुरक्षाकर्मीबीचको भिडन्तमा ५५ जना मारिए

नाईजेरीया  । नाईजेरीयाको उत्तर पूर्वी बोर्नो राज्यमा ईस्लामीक अतिवादी समुह बोको हराम र सुरक्षाकर्मीबीचको भिडन्तमा कम्तिमा ५५ जना मारिएका छन् । बोर्नो राज्यको बामा शहरमा सुरक्षाकर्मी र विद्रोहीबीचको झडपमा यती धेरै मारिएका हुन् । 
अत्याधुनिक हात हतियारले सुसज्जित बोको हरामका लडाकुहरुले स्थानीय प्रहरी चौकी र कारागारलाई मुख्य निशाना बनाएका थिए । विद्रोहीको आक्रमणमा परी २२ प्रहरी, १४ जना कारागार सुरक्षाकर्मी, २ सैनिक तथा ४ जना सर्वसाधारण मारिएका हुन् । 
सुरक्षाकर्मीको आक्रमणमा १३ विद्रोही मारिएका छन् । विद्रोहीहरुले कारागारमा आक्रमण गरी १ सय ५ भन्दा बढी वन्दी भगाएका छन् । यी वन्दीहरुमा अधिकांश बोको हरामकै लडाकु रहेको बताईएको छ ।
Agencies