बारा । एनेकपा माओवादीका भोजपुरा राज्य समिति सदस्य राजेन्द्र मण्डलको गएराति बारामा हत्या गरिएको छ ।
नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार गराउँदा गराउँदै उनको मृत्यु भएको हो । मण्डल गएाति नौ बजे कलैया नगरपालिका बडा नं २ स्थित छिमेकीको घरमा भोजमा सहभागी भएर फर्कर्द गर्दा स्थानीय प्रमोद मण्डलले दाउराको चिरपटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
एक साता अघि राजेन्द्र र प्रमोदबीच सामान्य झगडा भएको थियो । घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले अरु पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
RSS