इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीका छोरा अली हैदर गिलानीको चुनावी -यालीबाटै अपहरण भएको छ । पञ्जाव प्रान्तमा चुनावी -यालीमा रहेका हैदर गिलानीलाई अज्ञात बन्दुकधारीले अपहरण गरेको पाकिस्तान पिपुल्स पार्टीले जनाएको छ ।
उनी आसन्न प्रान्तीय सभा निर्वाचनका लागि त्यसबाट उम्मेदवार बनेका थिए । पिता युसुफ रजा गिलानीले छोराको अपहरण विपक्षी दल पीएमएल एनले गराएको आरोप लगाएका छन् । अपहरणकारीहरु मोटर साईकल तथा गाडीमा आएर चुनावी प्रचार -यालीमा हमला गरेका थिए ।
सो घटनामा हैदर गिलानीका सचिवको मृत्यु भएको र ५ जना घाईते भएको बताईएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
Agencies