काठमाडौं, वैशाख २६ । नेकपा एमालेले लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्त गर्ने सिफारिसमा पार्टीले पनि सहमति जनाउनु त्रुटीपूर्ण भएको स्वीकार गरेको छ ।
लोकमानसिंह कार्कीलाई कारबाहीको माग गर्दै एमाले मूख्यालय बल्खुमा धर्ना दिन पुगेका नागरिक समाजका अगुवाहरुसँग एमाले स्थायी कमिटी सदस्य केपी ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रबाट आफ्नो पार्टीको समेत सहमतिमा कार्कीको सिफारिस भएको तर उक्त विषय केन्द्रीय कमिटी बैठकबाट सच्चाइएको बताए ।
हिजोको केन्द्रीय कमिटी बैठकमा संयन्त्रका सदस्य समेत रहेका अध्यक्ष झलनाथ खनालले कार्कीलाई नियुक्ति गर्दा जनतामा नकारात्मक प्रभाव पर्नसक्छ भन्ने कुरामा ख्याल गर्न नसकिएको भन्दै आत्मालोचना गरेको बताइएको छ ।
धर्नामा गएका नागरिक समाजका अगुवाहरुले लोकमानसिंह कार्कीलाई नियुक्ति गरेर दलहरुले आफूहरुलाई नै खतरामा पारेको भन्दै आलोचना गरेका थिए ।
लोकमानलाई नियुक्त हुन नदिन विरोधमा उत्रिएका नागरिक समाजका ब्यक्तिहरु लोकमानको नियुक्तिपछि प्रमुख दलका कार्यालयमा धर्ना दिन थालेका हुन् ।
rss