तालिवानको आक्रमण र ब्यापक सुरक्षाका बीच पाकिस्तानमा संसदीय निर्वाचनको मतदान

 
पाकिस्तानमा  संसदीय निर्वाचनको मतदान भएको छ।
 
यसैगरी चुनावी हिशाका क्रममा लाहोरमा कम्तिमा १० जनाको मृत्‍यु भएको छ।
 
चुनावमा राष्ट्रपति आसिफ अली जरदारीको पाकिस्तान पिपुल्स पार्टी, नवाज सरिफको पाकिस्तान मुस्लिम लीग एन र पूर्व क्रिकेट खेलाडी ईमरान खानको पाकिस्तान तहरिके ईन्साफ पार्टीवीच मुख्य प्रतिस्पर्धा हुने संचार माध्यमहरुले जनाएका छन् ।
 


A supporter of Pakistan Tehreek-e-Insaf or Moment for Justice party attends an election campaign rally in Islamabad, Pakistan, Thursday, May 9, 2013. Pakistan is scheduled to hold parliamentary elections on May 11, the first transition between democratically elected governments in a country that has experienced three military coups and constant political instability since its creation in 1947. The parliament's ability to complete its five-year term has been hailed as a significant achievement. (AP Photo/Anjum Naveed)
मतदानको सुरक्षाका लागि देशभर ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । चुनावमा कुनै दलले एकल बहुमत ल्याउने संभावना नरहेको आकलन गरिएको छ ।
 
निर्वाचन सफलतापुर्वक सम्पन्न भएमा ६६ बर्षको पाकिस्तानको राजनीतिक ईतिहासमा एउटा निर्वाचित नागरिक सरकारले अर्को नागरिक सरकारलाई सत्ता हस्तान्तरण गरेको पहिलो घटना हुने भएको छ ।
 
यसअघिका निर्वाचनहरु सैनिक नियन्त्रित सरकारले गराएका र सरकारमाथि सधै सेनाको नियन्त्रण रहंदै आएको थियो । पछिल्ला दिनमा पाकिस्तानमा तालिवानको प्रभाव र आक्रमण बढ्दै गएकाले राजनीतिक अस्थिरता भने कायमै रहने अनुमान गरिएको छ ।
 
– Agencies