पाकिस्तानमा पूर्व प्रधानमन्त्री नवाज सरिफद्धारा नयां सरकार गठनका लागि छलफल

पाकिस्तान । पाकिस्तानमा शनिवार सम्पन्न संसदीय चुनावमा जीतको दाबी गरेका पूर्व प्रधानमन्त्री नवाज सरिफले नयां सरकार गठनका लागि छलफल थालेका छन् । यद्यपी औपचारिक मत परिणाम भने सार्वजनिक भैसकेको छैन् । अनौपचारिक मत परिणामहरुले सरिफको पाकिस्तानको मुश्लिम लिग पार्टीले बहुमत प्राप्त गर्ने देखाएपनि उहांलाई सरकार गठनका लागि भने अरु दलको साथ चाहिने देखिएको छ ।


सरिफले मन्त्रीमण्डलमा सहभागि गराउनृ केही स्वतन्त्र सांसदसंग पनि छलफल गरेको मुश्लिम लिगले जनाएको छ । यसपटकको आमचुनावपछि पाकिस्तानको ६६ बर्षे राजनीतिक ईतिहासमा एउटा निर्वाचित नागरिक सरकारले अर्को निर्वाचित सरकारलाई पहिलो पटक सत्ता हस्तान्तरण गर्नेछ । चुनावमा सत्तारुढ पाकिस्तान पीपुल्स पार्टीले भने नराम्रो पराजय व्यहोरेको छ । चुनाव पछि मुख्य विपक्षी दलका नेता बन्ने सम्भावना रहेका पूर्व क्रिकेटर एवं जमात तहरिके ए इन्साफ पार्टीका नेता इमरान खानले मतदान प्रतिशत उच्च रहेपनि अनियमितताले भने निराश बनाएको प्रतिक्रिया दिएका छन् ।


पूर्व प्रधानमन्त्री सरिफले अब चौध वर्षपछि फेरि सत्ताको बागडोर सम्हाल्ने छन् । सन १९९९ मा तत्कालिन सेना प्रमुख जनरल परवेज मुसर्रफले प्रधानमन्त्री सरिफलाई कू गरी सत्ता आफ्नो हातमा लिनु भएको थियो । सैनिक कु पछि केही समय जेलमा राखिएका सरिफ सरकारसँगको सम्झौतापछि परिवारसहित साउदी अरवमा निर्वासित भएका थिए । सरिफ सन २००७ मा साउदी अरबबाट पाकिस्तानमा फर्किएपछि फेरि राजनीतिमा सक्रिय भएका थिए ।

 

Agencies