नवलपरासी । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले गरेको शैक्षिक संस्था वन्दका कारण नवलपरासीका निजी विद्यालयहरुको पठन पाठन ठप्प भएको छ ।
अनुमति विना सञ्चालन भएका विद्यालयहरुलाई कारबाही नभएको भन्दै अखिल क्रान्तिकारीले विद्यालय बन्द गराएको हो ।
अनुमति विना सञ्चालन भएका विद्यालयलाई कारबाही गर्न पटक पटक माग गर्दा पनि सुनुवाई नभएको भन्दै विद्यालय बन्द गरिएको अखिल क्रान्तिकारीले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालयका अुनसार नवलपरासीमा ६४ वटा विद्यालय अनुमति बिना संचालनमा छन् ।
रासस