सिरियामा विद्रोहीले आक्रमणका क्रममा मारिएका एक जना सरकारी सेनाको मुटु झिकेर खाएपछि चौतर्फी आलोचना


दमस्कस । राष्ट्रपति बशार अल असादको शासन विरुद्ध संघर्ष गरिरहेका सिरियाका विद्रोहीले आक्रमणका क्रममा मारिएका एक जना सरकारी सेनाको मुटु झिकेर खाएका छन्।

 

मुटु झिकेर खाएको भिडियो सार्वजनिक भएपछि यसको चौतर्फी आलोचना भएको छ । स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको उक्त भिडियोमा विद्रोही लडाकूले मृत्यु भएका सेनाको मुटु काटिरहेको देखाइएको छ ।

बेलायतका लागि काम गर्ने मानव अधिकारवादी संगठनले यस्तो कार्य गर्ने विद्रोही लडाकू होम्स शहरका परिचित लडाकू अबु सक्कर भएको दाबी गरेको छ । संगठनले सक्करको कार्य युद्ध अपराध भएको पनि जनाएको छ ।


मृत्यु भएका सेनाको अंगछेदन युद्ध अपराध भएको ठहर गर्दै मानवअधिकारवादी संगठनले यस्तो अपराध गर्नेलाई कानूनको कठघरामा ल्याउनु पर्ने पनि जनाएको छ ।


सिरियाको मूख्य विपक्षी गठनबन्धनले यसबारे छानबिन गर्ने जनाएको छ । विद्रोही लडाकू सक्कर होम्स् क्षेत्रमा विद्रोहीका तर्फबाट स्वतन्त्र ओमार अल