काभ्रे मृगौला तस्करीमा संलग्न ठूलो गिरोह पक्राउ

काभ्रे । काभ्रे प्रहरीले मृगौला तस्करीमा संलग्न ठूलो गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । २२ वर्षदेखि मृर्गौला तस्करीमा संलग्न मध्येका ८ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुलाई गत शनिवार पक्राउ गरेको हो । काभ्रे प्रहरीले मृगौला तस्करी नियन्त्रणमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी भएको जनाएको छ ।
 
मृगौला तस्करीको आरोपमा पक्राउ पर्नेमा नुवाकोट मादनपुर १ की मिना दर्जी, सोही स्थानका कृष्णबहादुर दर्जी, ललितपुर उपमहानगरपालिका वडा नम्बर २१ का सचिन महर्जन, ललितपुर उपमहानगरपालिका वडा नम्बर ११ का सानुलाल महर्जन, तनहँु मिर्लुङका कुमार अधिकारी र काभ्रेको काभ्रे गाविस ४ का सुमन श्रेष्ठ, पाँचखाल ६ राजन दर्जी र काठमाण्डौँ महानगरपालिका ८ का विनोद ढकाल छन् ।


प्रहरीले उनीहरुको साथबाट नक्कली कागजपत्र समेत बरामद गरेको छ । सबैलाई मानव बेचविखन तथा ओसारपसार ऐन अन्तर्गत मुद्धा दर्ता गर्ने प्रमुख पं्रहरी उपरिक्षक कमल घर्तीले हामीलाई जानकारी दिए ।


प्रहरीले मृगौला तस्करीमा संलग्न थप केहीको पहिचानसमेत भइसकेको जनाएको छ । काभ्रेको होक्से, ज्याम्दी लगायतका क्षेत्रमा मात्र मिगौला बेच्नेको संख्या १ सय नाघिसकेको छ ।


तस्करहरुले सर्वसाधारणलाई दुई लाखसम्म रुपैया दिने भन्दै मृगौला बेच्न बाध्य बनाउने गरेको पनि प्रहरीले जनाएको छ ।

 

RSS