युवाहरु बाख्रापालन तर्फ आकर्षण हुँदै/आमाको नाकको मुन्द्रि बेच्न लगाएर बाख्रापालन शुरु

– पार्वता श्रेष्ठ  / उमाकान्त पाण्डे गाउंले 
 
पढे लेखेको ब्यक्क्तीले खेती किसान गर्नु हुन्न भन्ने सोचलाई परिवर्तन गर्दै अर्घाखाँची हसंपुर गाविसका एक युवाले व्यवसायिक रुपमा बाख्रापालन गर्न थालेका छन् । अहिलेको पछिल्लो अवस्थामा युवाहरु दिनप्रतिदिन विदेश जाने क्रम बढि रहेको बेला विदेश होईन आफ्नै जन्म भुमिमै बसेर केहि गर्नु पर्छ भन्ने लक्ष्य राखेर बाख्रापालन गर्न थालेको बताउछन । 
हसंपुर बामरुख ७ घर भएका २६ वषिर्य माधव भुसालले वि.ए.पास गरेका छन । उनले लामो समय सम्म मिडिया क्षेत्रमा काम गदै आएको जागिर समेत छोडेर गाँउमा आई व्यवसायिक बाख्रापालन गर्न थालेका हुन । 
बुटवल बाट प्रशारण हुने लुम्बिनी टेलिभिजनमा काम गदै आएका भुसाल टेलिभिजन बाट प्रसारण भएको कृषि कार्यक्रम हेरेर त्यसबाट प्रभावित भइ बाख्रापालन गर्न सोच गराइ घर फर्किएका भुसाललाई शुरुमा घर परिवारले सल्लाह सहयोग नै दिएनन । 
घरपरिवार एवं बुबा आमाको चाहना पढेको छोराले जागिर गर्नु पर्छ भन्ने सोचाइ अनुसार फरक भइदियो । तर दुख सँग पढायौ अहिले जागिर गर्ला भन्दा घरमा आई बाख्राको गोठालो बन्दा छरछिमेकले समेत कुरा काट्न थालेको बताउनु हुन्छ भुसालकी आमा । शुरुमा बाख्रापालन गर्न खर्च चाहिदा समेत बुबाले खर्च नदिए पछि अव कसरी खर्च जुटाउने भन्ने अन्योल र चिन्तित भएका भुसालले आमालाई सम्झाइ फकाइ गरि आमाको नाकको मुन्द्रि बेचन लगाएर शुरु गरेर बाख्रापालन गर्न लागेका हुन । 
२०६९ श्रावण देखि २२ वटा बाख्राबाट शुरु गरेका भुसालको खोरमा अहिले २५ वटा माउ बाख्रा,१० वटा पाठा र ५ पाठी गरी ४० वटा बाख्रा रहेका छन् । भविष्यमा ३०० वटा बाख्रा पुरुयाउने र त्यसलाई स्रोत केन्द्र बनाउने लक्ष्य रहेको बताउछन ।
शुरुमा २ लाख खर्च लागे पनि अहिले आएर मासिक ३५देखि४० हजार आम्दानी  हुन थालेको बताउछन भुसाल । आम्दानी भएको देखेपछि घरपरिवार र छरछिमेकले समेत सहयोग र सम्मान गर्न थालेका छन । यहि व्यवसायबाट ९ जनाको परिवारलाइ पालनपोषण गदै आएका छन । अहिले आएर बुबा आमा श्रीमतीले समेत सहयोग गर्न थालेको बताउछन । जिल्ला पशु सेवा कार्यालयले शुरुमा एक हप्ते तालिम दिएको थियो पछि उन्नत नश्शल सुधारको लागि एक बोका दिएर सहयोग गरेको छ भन्ने अन्य खासै सहयोग नरहेको बताउछन भुसाल । 
यता जिल्ला पशु सेवा कार्यालयका प्रमुख अमृत कुमार मास्के भन्नुहुन्छ शुरुमा एक हप्ते तालिम दियौ र आवश्यक अनुसार प्राविधिक सहयोग पनि दिएका छौ,उन्नत नश्शल सुधारको लागि एक उन्नत जातको बोका दिएका छौ भने अन्य यस कार्यालयबाट दिन सक्ने सहयोग दिन्छौ । यस्ता जागरुक युवालाइ राज्यले विभिन्न तवरबाट सहयोग गर्नु पर्ने देखिन्छ । 
गर्यौ भने के हुदैन भन्ने कुरालाइ र्सार्थकता दिएका छन । पढे लेखेका युवाहरु पनि कृषि क्षेत्रमा लाग्नु पर्छ भन्ने गतिलो उदाहरण दिएका छन  यी भुसालले गरेको सिकाई सिकेर अन्य युवाहरु पनि कृषि क्षेत्रमा लाग्ने हो भने साच्चिकै नेपाल कृषिप्रधान मुलुक बन्ने थियो की । यस्ता जागरुक र मिहिनेती युवालाई कृषि विकास बैंक बाट विना धितो कर्जा दिने व्यवश्था गर्ने हो भने अझ सहज हुने थियो की – कृषि क्षेत्रको विकास नै समग्रह देशको विकास हो । त्यस अनुसार कृषि क्षेत्रको विकासको लागि यस्ता युवालाई  उत्साहित गर्न राज्यले केही गर्नु पर्ने देखिन्छ । उनले बुटवल एफएम बाट प्रसारण हुने तन्नेरी आवाजमा पनि यस् बारे यस्तै प्रतिकृया दिएका थिए । रमेश अर्यालसगको वार्तालापमा आफ्नो बेदना पोखेका थिए । \
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु