नाईजेरिया । नाईजेरियाका बिभिन्न शहरमा इस्लामिक बिद्रोहीले आक्रमण गरी थुप्रैको हत्या गरेपछी नाइजेरियामा संकटकाल लागू गरिएको छ । नाइजेरियाका राष्ट्रपति गुडलक जोनाथनले इस्लामिक समूह बोको हरामका कार्यकर्ताले बिभिन्न शहरमा आक्रमण गरी सर्वसाधारणको हत्या गरेको घटनामा नाइजेरिया अशान्त बनेको भन्दै संकटकाल लागू गर्ने घोषणा गरेको जनाउ दिए ।
हाललाई नाईजेरिका तीन मुख्य शहरमा संकटकाल लागू गरिएको जनाउँदै जोनाथनले स्थिति हेरेर अन्य शहरमा पनि संकटकाल लागू गर्न सकिने बताएका छन् ।
नाइजेरियामा सन् २०१० देखि भइरहेको हिसामा हालसम्म दुई हजारको ज्यान गइसकेको छ भने पछिल्लो घटनामा मात्रै ५३ जनाको मृत्यु भएको छ । बिद्रोहीले नाइजेरियाका बिभिन्न शहरमा आक्रमण गरि घरहरु जलाउने कार्य जारी राखेका छन् ।
Agencies