मानव अधिकारवादीहरुद्धारा आगामी निर्वाचनमा गम्भीर मानव अधिकार उल्लंघनकर्तालाई भोट नहाल्न जनतालाई अपील

काठमाडौं । मानव अधिकारवादीहरुले आगामी निर्वाचनमा गम्भीर मानव अधिकार उल्लंघनकर्तालाई भोट नहाल्न जनतालाई अपील गरेका छन् ।

 

एमनेष्टी इन्टरनेशनल नेपालले राजधानीमा गरेको कार्यक्रममा सहभागी मानव अधिकारवादीहरुले दलहरुले फौजदारी अपराधमा संलग्न ब्यक्तिलाई पनि उम्मेदवार बनाउने तयारी गरेको भन्दै अधिकार उल्लंघनकर्ताले जनताको प्रतिनिधित्व गर्न नसक्ने बताएका हुन् ।

 

कार्यक्रममा मानव अधिकारकर्मी कृष्ण पहाडीले दलहरुले मानव अधिकार उल्लंघनकर्तालाई काखी च्यापेको भन्दै उनीहरुका नाममा भोट नदिन आग्रह गरे ।
 
राजनीतिक विश्लेषक श्याम श्रेष्ठले दलका नेताहरु अपराधीलाई संरक्षण गरेर जसरी पनि चुनाव जित्ने धाउन्नमा लागेको आरोप लगाए ।
 
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेल, एड्भोकेसी फोरमकी अध्यक्ष मन्दिरा शर्मा, शान्ति समाजका अध्यक्ष होमकान्त चौलागार्ईं लगायतका अधिकारकर्मीहरुले अधिकार उल्लंघनकर्तालाई दण्ड दिनुको सट्टा नेताहरुले उल्टै पुरस्कृत गरेर लोकतन्त्रकै खिल्ली उडाएको बताएका थिए ।

 

rss