– शोभाखर पन्थी
नेकपा माओवादीले अर्घाखाँचीले संविधान सभाको निर्वाचनको भण्डाफोर गर्ने निर्णय गरेको छ । सदरमुकाम सन्धिखर्कमा दुई दिन सम्म चलेको माओवादीको विस्तारित बैठककले संविधानसभाको नौटंकी गरेर चार दल र त्यसको निर्देशनमा चल्ने रेग्मी सरकारले जनताबीच भ्रम श्रीजना गरी मुलुकलाई सिक्किमीकरण गर्न खोजेको भन्दै जिल्लामा संविधान सभाको निर्वाचन हुनै नसक्ने निष्कर्ष निकालेको छ ।
माओवादीले आफ्नो पार्टी ध्वंस गर्ने उद्देश्यले संविधान सभा निर्वाचनको कुरा अगाडि सारेको भन्दै जवरजस्ती संविधान सभाको घोषणा गरिए सहिय नहुने चेतावनि दिदै चुनावको झुट्टा कुरा नगर्न सरकारलाई आग्रह गरेको छ ।
बैठककले दुई महिने जन प्रतिरोध अभियान चलाउने निर्णय गरेको छ । ज्येष्ठ ७ गतेदेखि सुरु हुने अभियानमा चेतनामुलक कार्यक्रमदेखि संगठन सुदृढिकरण गर्नुका साथै भ्रष्ठ, तस्कर ,बेविचारी, दुराचारी पहिचान र र्सार्वजनिकिकरण गरी आवश्यक कार्वाहीको माग गर्ने र कार्वाही नभएमा जन कार्वाहीका निम्ति आग्रह गर्ने निर्णय गरेको माओवादी स्रोतले जनाएको छ ।
चुनाव बहिस्कार गर्ने नीति लिएको माओवादीले पार्टी सरचना र संगठनमा समेत जिम्मेवारी हेरफेर गरेको छ । जस अनुसार केन्द्रीय सदस्य भेषराज भुषालले जिल्लाको होल कमाण्डको नेतृत्व गर्ने जनाईएको छ । यसैगरी जिल्लार् इन्चार्जमा भोलानाथ बस्याल र सेक्रेटरीमा बावुराम घिमिरे चयन हुनु भएको छ ।
यसैगरी बैठकले जिल्लाको पार्टी कमीटीलाई तीन कमाण्डमा विभाजन गरि उत्तर कमाण्डमा दुर्गा अधिकारी, दक्षिण कमाण्डमा पिताम्वर पोख्रेललाई संयोजक तोकी मध्य कमाण्डको जिम्मा जिल्ला पार्टी क्वाटरलाई दिएको छ ।
यसै गरी बैठकले सूचना तथा प्रचार विभाग प्रमुखमा प्रदिप शर्मालाई चयन गरेको छ । बैठकले आन्दोलाई थप व्यवस्थित गर्न तत्काल संयुक्त मोर्चा बनाउने, जनवर्गीय संगठनका जिल्ला सम्मेलन ज्येष्ठ मसान्तसम्म सम्पन्न गर्ने लगायतका निर्ण्र्ाागरेको माओवादी जिल्ला सेक्रेटरी बावुराम घिमिरे भुवनले बताउनु भयो ।
बैठकमा नेकपा माओवादीका केन्द्रीय सदस्य भेषराज भुसाल , जिल्ला इन्चार्ज भोलानाथ बस्याल र जिल्ला सेक्रेटरी बावुराम घिमिरे भुवन लगायतले प्रशिक्षण दिनुभएको बताईएको छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।