पहिलो पार्टी नबन्दासम्म एमालेले विश्राम नलिने एमाले झलनाथ खनालको भनाई
जेष्ठ ३ गते, २०७० मा प्रकाशित
काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पहिलो पार्टी नबन्दासम्म एमालेले विश्राम नलिने बताएका छन् । संविधानसभा निर्वाचनका लागि पार्टी परिचालन अभियानको आज काठमाडौमा उदघाटन गर्दे खनालले ठूलो पार्टी नबन्दासम्म अभियान जारी रहने बताए ।
यस अभियान अन्तर्गत एमालेले देशका २ सय ४० वटै निर्वाचन क्षेत्रमा केन्द्रबाट १ जना र स्थानीयस्तरका २० जना गरी २१ जनाको टोली पठाउने बताइएको छ ।