भारत -नेपाल यातायात ब्यबसायलाई बुझ्ने र बुझाउने समस्या


– दिपक जिसी

 

विभिन्न खाले समस्या को कुम्लो बोकी भारत का बिभिन्न ठाउ हरु मा सामान्य जागिर गर्ने भारत इस्तित प्रबासी नेपाली हरु ले बिगत लामो समय देखि भोग्दै आयका समस्या हरु जस्तो को बाटो मा लुटिनु ,बाटोमा हराउनु ,बोर्डर हरु मा अनाबस्यक सोध पुछ गर्ने जस्ता बिभिन्न खाले समस्या हरु लगभग पर्तेक दिन प्रतेक प्रबासी नेपाली हरु ले भोग्नु परेको समस्या हामी सबै लाई अबगत नै छ ! बिभिन्न निकाय हरु ले थुप्रै आस्वासन दिय पनि समस्या झन् भन्दा झन् बढ्दै गइ रहेको थियो आफुलाई अत्यन्त असुरक्षित महसुस गरि रहे का प्रबासी नेपाली हरु भारत मा भन्दा अन्य देश मा जानु को बिकल्प खोजि रहे का थिय बिकल्प खोज्ने हरु मा सामान्य जागिर गर्ने मात्र न भै सरकारी जागिर गर्ने देखि लियर आफ्नो ब्यबसाय समेत गरेर बसेका  नेपाली हरु समेत रहेको हामी पाइयको छ !

यस्तै खाले समस्या हरु को समाधान को लागि भारत को राजधानी नया दिल्ली बाट सुरु भयको भारत -नेपाल यातायात ब्यबसाय भारत मा  बस्ने प्रबासी नेपाली हरु को भरोसा को केन्द्र बन्दै आइरहे को छ एक जना लाइ घर पुराउन अर्को जना र एक  जना लाइ घर बाट लिन अर्को जना जानु पर्ने बाध्यता समेत यो भारत -नेपाल यातायात ब्यबसाय बाट अन्त्य भयको छ तेती मात्र न भयर विभिन्न समस्या परि आफ्नो घर सम्म पुग्न नसकेका नेपाली हरु लाइ समेत निसुल्क घर सम्म पुराउने कार्य ले यो ब्यबसाय मात्र नभई यसले सामाजिक कार्य समेत ठुलो योगदान गरे को पाइयको छ !


बिगत केहि महिना देखि भारत -नेपाल यातायात ब्यबसाय लाई भारत मा मात्र सिमित गरियको घटना ले प्रबास मा बस्ने सम्पूर्ण प्रबासी नेपाली हरु लाई चोट पुग्न गयको छ ,उक्त घटना ले भारत -नेपाल यातायात ब्यबसाय संग जोडियका ब्यापारी हरु समेत ठुलो मर्का मा परेको देखियको छ ,जागिरे मानसिकता बाट मुक्त हुन् खोजेका प्रबासी नेपाली हरु पुन जागिर खोज्ने मनसाय बनायको पाइयको छ भने सिंगो प्रबासी नेपाली हरु लाई बिगत मा भोगेको समस्या लुटपाट ,हत्या जस्ता घटना पुन भोग्नु पर्ने हो कि भने अत्यन्त चिन्तित रहेको पाइयको छ !


भारत -नेपाल यातायात ब्यबसाय  बाट फाइदा मुलक मात्र नभई सेबा मुलक काम पनि भयको ले हुना ले यो ब्यबसाय लाई बचाऊन समन्धित सबै पक्ष्य ले एक पटक बुझ्न र बुझाउन जरुरि देखियको छ गाडी हरु गन्तब्य स्थान सम्म पुग्न न पाउनु ले यो ब्यबसाय धरासाय मात्र होइन अब नाम पनि सुन्न पाइने होइन कि भन्ने समेत प्रश्न चिन्न उठेको छ !