– प्रेमनारायण आचार्य
डेभा, अर्घाखाँची । अर्घाखाँचीको ढिकुरा – ५ डेभामा भगबती माध्यमिक विद्यालयको ८ कोठे पक्की भबन निर्माण कार्य सम्पन्न भएको छ ।
शिक्षा मन्त्रालयको २४ लाख, ढिकुरा गाविसको १० लाख ६२ हजार र विद्यालयको अन्य आन्तरिक श्रोतबाट गरि कुल ४० लाखको लागतमा ८ कोठे पक्की भवन निर्माण गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद मरासिनीले बताउनु भयो ।
नबनिर्मित विद्यालय भवनको शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेले उद्घाटन गर्नु भएको छ । उद्घाटन समारोहलाइ सम्बोधन गर्दै निर्देशक पाण्डेले शिक्षाको बिकास भए मात्र देसको बिकास सम्भब रहेको बताउनु भयो । उहाले राजनितिक हस्तक्षेपले शिक्षा क्षेत्रमा असर गरेको बताउदै शिक्षा क्षेत्रको बिकासका लागि राजनितिक स्वार्थ भन्दा माथी उठेर काम गर्नु पर्ने बताउनु भयो ।
विद्यार्थी लाइ विद्यालयमा हसिलो मुद्रामा आउने र हसिलो मुद्रामा घर फर्कने वातावरण सुजना गरि पढाउने काम गर्न बिद्यालय ब्यबस्थापन समिति र शिक्षकलाइ निर्देशक पाण्डेले आग्रह गर्नु भएको छ ।
उद्घाटन समारोहमा जिल्ला शिक्षा कार्यलयका निमित्त जिल्ला शिक्षा अधिकारी नरेन्द्र बेल्बासे, एमाओबादीका जिल्ला संयोजक गोबिन्द केसी, नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, एमालेका राष्ट्रिय प्रतिनिधि परिसद सदस्य पिताम्बर भुसाल, नेकपा माओबादीका केन्द्रिय सदस्य भेसराज भुसाल लगायतले मन्तब्य राख्दै थोरै बजेटमा पनि गुणस्तरिय भबन निर्माण गरेर जिल्लाकै नमुना कार्य गर्न सफल भएकोमा बिद्यालय परिवारलाइ धन्यबाद ब्यक्त गरेका थिए ।
ढिकुरा र धनचौर गाविसका वालवालिकाले भत्कन लागेको कच्ची भबनमा बसेर पढ्नु पर्ने वाद्यताबाट मुक्ति पाएका छन । ४ कोठे भवनका लागि परेको २४ लाख बजेटमा अन्य स्रोत जुटाएर ८ कोठे भवन निर्माण गरिएको हो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।