एमालेकी नेतृ उर्मिला अर्याल र चलचित्रकी नायिका रेखा थापा एकीकृत नेकपा माओवादीमा प्रवेश


काठमाडौं  । नेकपा एमालेकी नेतृ उर्मिला अर्याल र चलचित्रकी नायिका रेखा थापा आज एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । दुबै जनालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भित्राएका हुन् । एमालेमा पोलिटब्युरो सदस्य रहेकी अर्याल पार्टी परित्याग गरी एमाओवादीमा प्रवेश गरेकी हुन् ।


आज विहान पार्टी कार्यालय कोटेश्वरमा कार्यक्रम गरी प्रचण्डले दुबै जनालाई प्रवेश गराएका हुन् । एकीकृत माओवादीले एक एक गरी एमालेका नेताहरुलाई आफ्नो पार्टीमा भित्र्याइरहेको छ । यसअघि पनि केही समयअघि एमाले नेता रामचन्द्र झालाई पनि एमाओवादीले आफ्नो पार्टीमा लगेको थियो । पार्टी प्रवेश गर्दै अर्यालले एमाले कम्युनिष्ट सिद्धान्त छाडेर पतन भएकाले असली कम्युनिष्ट माओवादीमा प्रवेश गर्नुपरेको बताए  ।


 आजदेखि माओवादी कार्यकर्ता बनेकी नायिका रेखा थापाले एमाओवादीको नीति र सिद्धान्त मन परेर आफू यो पार्टीमा आएको भन्दै आउँदा दिनमा पार्टी काममा सक्रिय भएर लाग्ने बताइन् । माधव नेपाल नेतृत्वको तत्कालिन सरकारविरुद्ध आन्दोलनमा उत्रिएको माओवादीको आमसभामा प्रचण्डसँग नाचेदेखिनै रेखालाई माओवादीनिकट भएको मानिन्थ्यो ।

 

RSS