सिरियामा दुई वर्षयताको सशस्त्र हिंसाका कारण १५ लाखभन्दा बढी सर्वसाधारण अरु मुलुकमा शरण लिन बाध्य


 सिरियामा दुई वर्षयताको सशस्त्र हिंसाका कारण १५ लाखभन्दा बढी सर्वसाधारण अरु मुलुकमा शरण लिन बाध्य भएका छन् । आफ्नो घरबार छाड्न बाध्य उनीहरु धेरैजसो छिमेकी मुलुक जोडर्न र लेबनान पुगेको राष्ट्रसंघले जनाएको छ । आधिकारिक तथ्यांक अझै नभएकाले यसको संख्यामा बढोत्तरी हुनसक्ने राष्ट्रसघीय शरणार्थी उच्चायोगले जनाएको छ ।


 सिरियाका राष्ट्रपति बशार अल असादविरुद्ध गत दुई वर्षदेखि चर्केको आन्दोलनका क्रममा ८० हजारभन्दा बढी सर्वसाधारण मारिएको अनुमान राष्ट्रसंघको छ । ४२ लाखभन्दा बढी सर्वसाधारण देशभित्रै शरणार्थी बनेको अर्को तथ्यांक पनि आएको छ । ठूलो संख्यामा शरणार्थी आइरिएकाले तिनलाई खाने र बस्नेको व्यवस्था मिलाउन गाह्रो परेको पनि खबरमा उल्लेख छ ।


यसैबीच, चर्कँदो हिंसाले विश्व समुदायलाई चिन्तित बनाइरहेका बेला रुसले भने सिरिया सरकारलाई अत्याधुनिक हतियार पठाएको छ । असादको सत्ताले आफ्ना नागरिकविरुद्ध रासायनिक हतियारसमेत प्रयोग गरेको पश्चिमा देशले अरोप लगाइरहेका बेला रुसले भने आगोमा घ्यू थप्न असादको सत्तालाई हतियार सहयोग गरेको हो । रुसले अत्याधुनिक एन्टी शीप हतियार पठाएको हो ।

 

agencies