पोखरा । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संविधानसभाको आकार ठूलो बनाएर मात्रै संविधान नबन्ने भन्दै अब बन्ने संविधानसभालाई सानो बनाउनुपर्ने बताएका छन् । पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा प्रजातन्त्रवादी प्रध्यापक संघको कार्यक्रममा बोल्दै कोइरालाले अब पनि ६ सय १ कै संविधानसभा बनाउनु आवश्यक नभएको बताए ।