अर्घाखाँचीमा ३० औं अन्तराष्ट्रिय मैनबत्ती दिवस सम्पन्न

सन्धिखर्क, अर्घाखाँची । एच.आई.भी संक्रमित भई मृत्यू भएका व्यक्तिहरुको सम्झना तथा जिवित संक्रमितहरुका लागी दिर्घ जिवनको कामना गदै ३० औं अन्तराष्ट्रिय मैनबत्ती दिवस भव्यताको साथ मनाईएको छ ।

 


 

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित शान्ति बगैचामा हिजो (२०७० जेठ ५ गते आईतबार) साँझ ७ बजे जिल्ला स्वास्थ्य प्रमुखले रातो रिवनको लागो माथी रहेको मैनबत्ती वाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

 

जिल्ला एड्स समन्वय समिति अर्घाखाँची, प्रेरणा संस्था तथा सक्रिय सेवा समाज अर्घाखाचीले आयोजना गरेको उक्त कार्यक्रमा जिल्ला स्थीत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार, जनस्वास्थ्य तथा सरुवा रोग अनुसन्धान केन्द्र काठमाण्डौका प्रतिनिधीहरु साथै सर्वसाधारणको ठुलो सहभागीता रहेको थियो ।

 


 

IN Solidarity भन्ने मुल नाराको साथ मनाईएको उक्त कार्यक्रममा सडकमा बनाईएको रातो रिवन र त्यसमा बलेको मैनबत्तीले  कार्यक्रम भएको स्थल शान्ति बगैचा चोक निकै रमणियय भएको थियो ।



Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु